दाङमा अबैध असुली गर्ने २ पत्रकारको सदस्यता खारेज, गुप्तालाई सुध्रिन चेतावनी
काठमाडौं । नेपाल पत्रकार महासंघ दाङ शाखाले प्रगन्ना कुलो काण्डमा मुछिएका दुई जना पत्रकारको सदस्यता नवीकरण नगरेको तथा अर्का एकजनालाई सचेत गराएको छ ।
बुधबार घोराहीमा बसेको बैठकपछि जारी विज्ञप्तिअनुसार प्रगन्ना प्रकरणको प्रतिवेदनलाई पारित गरेको छ । शाखाका सचिव आर.के.शीतलद्वारा जारी विज्ञप्तिअनुसार आचारसंहिता विपरितका कार्य नगर्न चेतावनी दिएको छ ।
‘प्रगन्ना कुलो खन्ने क्रममा अनियमितता भएको भन्ने घटनामा पत्रकारको संलग्नता सम्बन्धी अध्ययन गर्न गठित समितिले पेश गरेको प्रतिवेदन पारित गर्दै नेपाल पत्रकार महासंघ लुम्विनी प्रदेश समितिमार्फत केन्द्रीय आचारसंहिता अनुगमन समितिमा पठाउने निर्णय गरियो’, विज्ञप्तिमा भनिएको छ ।
‘यस घटनामा पत्रकारले रकम बुझेको यथेष्ट प्रमाण प्राप्त नभए पनि घटनामा पत्रकारहरू समाचार सम्प्रेषण वाहेक अनावश्यक गतिविधिमा आचारसंहिता विपरित संलग्न भएको पाइएकाले आचारसंहिता पालन गरेर काम गर्न सचेत गराइयो’, विज्ञप्तिमा उल्लेख छ ।
‘पत्रकारहरू बिदुर एम. सी. र अर्जुन अधिकारीको यसअघि पत्रकार महासंघको सदस्यता शुद्धीकरणकै क्रममा सदस्यता नवीकरण नगर्ने निर्णय भएकाले सोही अनुसार कार्यान्वयन गर्ने र सन्तोषकुमार गुप्तालाई आगामी दिनमा आचारसंहित पालना गरेर काम गर्न सचेत पार्ने समितिको सुझावलाई कार्यान्वयन गर्ने निर्णय गरियो’, विज्ञप्तिमा उल्लेख छ ।
पत्रकार सन्तोषसहित बिदुर र अर्जुनले देउखुरी क्षेत्रका क्रसर उद्योग, इट्टा भट्टा, ठेकेदारहरूसँग विरुद्धमा समाचार लेख्ने र प्रकाशित गर्ने भनेर अबैध असुली गरेको महासंघमा बेलाबेला उजुरी पर्ने गरेको थियो । विप्लव निकटको विद्यार्थी संगठनका केन्द्रीय अध्यक्ष प्रकाश शाहीले यी तीन पत्रकारले अबैध असुली गरेको तथ्याङ्क सार्वजनिक गरेपछि पत्रकार महासंघ दाङ शाखाले छानविन समिति बनाएर कारबाही गरेको छ ।

बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया