घोराही– १ मा भरूवा बन्दुक बरामद
काठमाडौं । दाङमा प्रहरीलले भरुवा बन्दुक बरामद गरेको जनाएको छ ।
घोराही उप–महानगरपालिका–१ तेस्रे बस्ने ६० वर्षीय गोबिन्द थापाको सुँगुर पाल्न बनाएको खाली खोरबाट वेवारिसे अवस्थामा रहेको एकनाले भरूवा बन्दुक १ थान शुक्रबार दिउँसो प्रहरीले बरामद गरेको विज्ञप्तिमार्फत जनाएको छ ।
विशेष सूचनाको आधारमा प्रहरी चौकी रामपुर र जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको संयुक्त टोलीले खोर तलासी गर्दा भरूवा बन्दुक फेला पारी बरामद गरेको हो ।
Published : Saturday, 2023 August 12, 9:41 pm
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया