एमालेको युवा संघको अधिवेशनमा कुटाकुट, वडाध्यक्षको टाउकोमा चोट
काठमाडौं । एमालेको भ्रातृ संगठन युवा संघ कञ्चनपुरको जिल्ला अधिवेशनमा कार्यकर्ताहरूबीच विवाद हुँदा कुटाकुट भएको छ ।
शनिबार भीमदत्त नगरपालिका वडा नं. १८ का वडाध्यक्ष देवकोटामाथि कुटपिट भएको प्रहरीले जनाएको छ ।
विवाद चर्किएपछि देवकोटामाथि हातपात हुँदा उनी घाइते भएका हुन् । देवकोटाको टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी प्रकाश डाँगीका अनुसार देवकोटालाई महाकाली प्रादेशिक अस्पतालले धनगढी रिफर गरेको छ ।
देवकोटामाथि हातपात गर्नेविरुद्ध उनकी श्रीमतीले जाहेरी दिएकी छिन् । शनिबार भएका कारण जाहेरी दर्ता हुन नसकेको डीएसपी डाँगीले बताए ।
Published : Saturday, 2023 August 12, 9:28 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया