मेटमणिद्वारा एमालेको छानविन समितिको खारेज, राज्यका संयन्त्र सक्रिय बनाउन प्रस्ताव
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का प्रमुख सचेतक मेटमणि चौधरीले सुन लगायतका धेरै विषयमा प्रहरीको सीआईबीले अनुसन्धान गरेका कारण पूर्वगृहमन्त्री र भीआईपीहरू जेलमा रहेको बताएका छन् ।
मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा सुन प्रकरणमा छानविन समिति बनाउने विषयको विरोध गरेका छन् । उनले राज्यका संयन्त्रलाई क्रियाशील बनाएर सुन प्रकरणको छानविन गर्नुपर्ने बताए ।
चौधरीले विगतमा बनाएका छानविन समितिले के गरे भनेर प्रश्न गरेका छन् । उनले अपराधीहरूलाई पत्ता लगाएर कारबाहीको दायरामा ल्याउनुपर्ने बताएका छन् ।
राज्यका संयन्त्रलाई सक्रिय बनाउन सांसद चौधरीले माग गरेका छन् । उनले सरकारले गिरीबन्धु टि स्टेट, कोभिडका बेला स्वास्थ्य सामग्री खरिदमा भएको भ्रष्टाचारको फाइल खोल्न माग गरेका छन् ।
एमालेले सुन प्रकरणको छानविन गर्न संसदीय समिति बनाउन माग गरेर संसद अबरोध गरेको थियो । एमालेको त्यो कार्यको उनले विरोध गरेका छन् ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया