थारुको अधिकारमाथि खेलवाड नहोस् : पूर्वसांसद गंगा सत्गौवा
काठमाडौं । पूर्वसांसद गंगा सत्गौवा थारुले संविधानले थारु कलास्टरमा पहिचान दिएपछि पनि थारुहरूको पहिचान र आउने सन्ततीहरूको अधिकारमाथि खेलवाड भइरहेको बताएकी छिन् ।
काठमाडौंमा सोमबार आयोजित कार्यक्रममा उनले भनेकी छिन्, ‘हामी पटक–पटक राज्यबाट शोषण र दमनमा परिरह्यौं । आजफेरि पनि हाम्रो पढेलेखेका य्ुवाहरूको गास, बास, कपास खोस्ने दुष्प्रयासका साथ यो विधेयक सुनियोजित तरिकाले आएको हामीलाई महसुश भएको छ ।’
उनले भनिन्, ‘यसप्रति हाम्रो सिंगो थारु समुदायको ध्यानाकार्षण भएको छ । सिंगो हाम्रो थारु समुदायले मन्त्रिपरिषदले गरेको निर्णयप्रति खेद प्रकट गरेको छ ।’
हिजोका दिनमा थारुहरू राज्यमन्त्री मात्रै बनेको दाबी गर्दै उनले आज थारु समुदायबाट दुई जना क्याविनेटमा प्रतिनिधित्व हुँदा पनि तिनीहरूले पदभन्दा ठूलो पहिचान होइन भन्ने कुरा पुष्टि गरेको बताइन् ।
अहिलेको क्याविनेटमा थारु समुदायबाट अमनलाल मोदी र रञ्जिता श्रेष्ठ मन्त्री छन् ।
थारु समुदायमाथि संविधान विपरित फेरि अन्याय भएको खण्डमा २०७२ भदौ ७ गतेको जस्तै आन्दोलन व्यूँताउने उनको चेतावनी छ ।
‘अब हामी थारु चुप लागेर बस्दैनौं । फेरि पनि हामी माथि यस्तो अन्याय पर्न गयो भने फेरि पनि २०७२ भदौ ७ गतेको जस्तो आन्दोलन उठाउन नपरोस् । यो कुरा राज्यसत्ताले बुझोस्’, उनले भनिन् ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया