गृहमन्त्री श्रेष्ठद्वारा तीन जिल्लामा सीडीओहरू हेरफेर
काठमाडौं । गृह मन्त्रालयले तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी(सीडीओ)हरू हेरफेर गरेको छ ।
गृहमन्त्री नारायणकाजी श्रेष्ठले खोटाङ, जाजरकोट र अछाममा नयाँ सीडीओ पठाएका छन् ।
खोटाङमा सह–सचिव सन्तबहादुर सुनुवारलाई खटाइएको छ । खोटाङमा सीडीओ रहेका भोजराज खतिवडाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएर निलम्बनमा परेका छन् ।
अछाममा उप–सचिव शरद पोखरेललाई खटाइएको छ । अछाममा शिवराज न्यौपाने कार्यरत थिए ।
जाजरकोटमा उप–सचिव सुरेश सुनारलाई पठाइएको छ । जाजरकोट पनि सीडीओ रिक्त थियो ।
Published : Sunday, 2023 August 6, 10:48 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया