भक्तपुरमा खड्काको होटलमा प्रहरी छापा, जुवा खेल्ने १३ जना पक्राउ
काठमाडौं । भक्तपुरमा प्रहरीले जुवातास खेलिरहेको अवस्थामा १३ जनालाई पक्राउ गरेको छ ।
मध्यपुर ठिमी नगरपालिका–३ कौशलटारस्थित रामेछापको सुनपाति गाउँपालिका–५ घर भएका ४० वर्षीय प्रभु खड्काको ओम होटलमा प्रहरीले छापामारेर पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।
होटलमा जुवातास खेलिरहेको अवस्थामा खड्का समेत १३ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४ लाख १७ हजार ४ सय २५ रूपियाँ र १० बुक ताससहित पक्राउ गरेको छ ।
Published : Sunday, 2023 August 6, 1:10 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया