काठमाडौंमा पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु
काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिकामा पहिरोले घर पुरिँदा बाबु र छोरीको मृत्यु भएको छ ।
प्रहरी वृत्त बालाजुका डीएसपी मनोजित कुँवरले तारकेश्वर नगरपालिका–५ चो गाउँमा शनिबार राति स्थानीय गणेश तामाङको घर पहिरोले पुरिएको बताए । पुरिएर गणेश तामाङ र उनकी छोरीको मृत्यु भएको कुँवरले बताए ।
शनिबार राति करिब ९ बजे माथिबाट खसेको पहिरोले ४१ वर्षीय गणेश तामाङ र उनकी १५ वर्षीया छोरी आश्मा तामाङको मृत्यु भएको छ ।
घटनामा परी आमा सञ्जु तामाङ भने घाइते भएकी छिन् । उनको प्राथमिक उपचार गरिएको छ ।
Published : Sunday, 2023 August 6, 11:18 am
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया