संवैधानिक आयोगहरूमा विभिन्न पद रिक्त, नियुक्तिका लागि आवेदन खुला
काठमाडौं । संवैधानिक परिषदको सचिवालयले विभिन्न संवैधानिक आयोगमा रिक्त रहेका पदका लागि आवेदन माग गरेको छ ।
आइतबार सचिवालयले सूचना प्रकाशित गरेर महालेखा परीक्षक, निर्वाचन आयुक्त, राष्ट्रिय प्राकृतिक स्रोत, वित्त आयोगको सदस्य र मुस्लिम आयोगको सदस्य पदका लागि आवेदन माग गरेको छ ।
नेपालको संविधानबमोजिम संवैधानिकका पदहरूमा नियुक्त हुन योग्यता पुगेका व्यक्तिहरूको अभिलेख तयार गर्ने प्रयोजनका लागि सूचना प्रकाशित गरिएको छ ।
संवैधानिक निकायको पदमा नियुक्त हुन योग्यता पुगेका इच्छुक नेपाली नागरिकले आफ्नो विवरण संलग्न गरी यो सूचना प्रकाशित भएको मितिले १५ (पन्ध्र) दिनभित्र प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको वेबसाइटको सूचना तथा समाचार खण्डभित्र उपलब्ध फारम भरी विद्युतीय प्रतिसहित बुझाउन वा संवैधानिक परिषदको सचिवालयको इमेल ठेगानामा पठाउन सूचना जारी गरिएको छ ।
एकभन्दा बढी पदका लागि आवेदन गर्ने भएमा सोको प्राथमिकतासहित छुट्टाछुट्टै फारम भर्नु पर्ने सूचनामा उल्लेख छ ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया