कांग्रेस नेता शाहद्वारा मुख्यमन्त्री आदित्यनाथसँग भेटवार्ता
काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वसांसद अभिषेकप्रताप शाहले भारतको उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग भेटवार्ता गरेका छन् ।
शुक्रबार नेता शाहले मुख्यमन्त्री आदित्यनाथसँग लखनउमा भेटवार्ता गरेका हुन् । उनीहरूबीच विभिन्न विषयमा परामर्श भएको नेता शाहको सचिवालयले जनाएको छ ।
सिमानामा देखिएका समस्या, भारतमा जाने र नेपाल फर्किने क्रममा नेपाली दाजुभाई तथा दिदीबहिनीहरूलाई हुने विभिन्न समस्याका विषयमा नेता शाहले मुख्यमन्त्री आदित्यनाथसँग कुरा गरेका छन् ।
मुख्यमन्त्री आदित्यनाथले नेपाल र भारतबीच निकै पुरानो धार्मिक र सांस्कृतिक सम्बन्ध रहेको भन्दै उत्तरप्रदेशमा नेपालीहरूमाथि कुनै पनि प्रकारको समस्या हुन नदिने प्रतिवद्धता जनाएका छन् ।
कांग्रेस नेता शाह र उत्तरप्रदेशका मुख्यमन्त्री आदित्यनाथबीच निकै राम्रो सम्बन्ध छ । कपिलवस्तुको क्षेत्र नं. ३ बाट प्रतिनिधि सभामा पटक पटक प्रतिनिधि सभामा प्रतिनिधित्व गर्दै आएका नेता शाह कांग्रेसका पूर्व केन्द्रीय सदस्य पनि हुन् ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया