संघीयताले विकृति जन्मियो, संविधान संशोधन गरेर बिकल्प खोजौं : कांग्रेस नेता भण्डारी
पोखरा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीले संघीयताका बारेमा सोँच्नुपर्ने बेला आएको बताएका छन् ।
बुधबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा पूर्वमन्त्री समेत रहेका कांग्रेस नेता भण्डारीले संघीयताले धेरै विकृति जन्माएको बताए । उनले संघीयताका विषयमा विकल्प खोज्नुपर्ने बताएका छन् ।
जनतालाई अधिकार प्रदान गर्न स्थानीय तहको सरकारलाई नै बलियो बनाउनुपर्ने कांग्रेस नेता भण्डारीले बताएका छन् ।
संविधानमा लेखिए अनुरुप निर्वाचन पद्दतिले काम गर्न नसक्दा संघीयताप्रति जनतामा वितृष्णा बढ्दै गएको उनले बताएका छन् ।
उनले अहिलेको निर्वाचन प्रणालीले एउटै पार्टीलाई बहुमत आउन कठिन भएकाले पनि विकृति बढ्दै गएको बताएका छन् ।
समानुपातिक प्रणालीमा एउटै व्यक्तिले तीन पटक अवसर लिएको बताएका नेता भण्डारीले भने, ‘पहिचान भनेको विविधता हो । यसलाई हरेक पार्टीले गलत व्याख्या गरी संविधानको मर्म विपरीत काम गरेका छन् ।’
संघीयताले राष्ट्रिय सुरक्षा कमजोर बनाएको उनले बताएका छन् । संघीयताका बारेमा पुन: ब्याख्या गर्न जरुरी भएको बताए ।
‘देश बचाउने कुरामा पार्टीहरू संविधान संशोधन गरेर भएपनि एक हुनै पर्छ’, उनले भने, ‘राष्ट्रिय स्वाधीनताप्रति दलहरू विचलित हुनु हुँदैन ।’
नेता भण्डारीले संविधानमा राखिएको धर्म निरिपेक्षता सम्बन्धी प्रावधान हटाउन माग गरेका छन् । उनले वैदिक सनातन हिन्दू धर्म राष्ट्र घोषणा हुनुपर्ने माग गरेका छन् ।
धर्म निरपेक्ष घोषणा गरी राष्ट्र कमजोर बनाउने राजनीतिक रुपमै डिजाइन भएको भन्दै उनले धर्म निरपेक्षता घोषण गर्न नेताहरू विदेशीको दवावमा परेको बताएका छन् ।
नेपाललाई बलियो बनाउन सबै राजनीतिक दलका नेताको साझा प्रयास आवश्यक हुनुपर्ने उनले बताएका छन् ।
भण्डारीले देशको अर्थतन्त्र नाजुक अवस्थामा रहेको हुँदा कर्मचारीलाई तलब खुवाउन सरकारले ब्याजमा पैसा खोज्नु परेको बताएका छन् ।
उनले ठेकेदारहरूलाई ८० अर्ब रुपियाँ दिन बाँकी रहनु मुलुकको लागि राम्रो संकेत नभएको बताएका छन् । सबै राजनीतिक दलहरू एकै ठाउँमा उभिएर देशको अर्थतन्त्र सुधार गर्नुपर्ने भण्डारीले बताएका छन् ।
नेता भण्डारीले राजनीतिक संकटका बेला दलहरूकै नेताबाट अपराधिक क्रियाकलाप र भ्रष्टाचारका घटना बाहिर आउँदा जनतामा झनै बढि राजनीतिक नैरास्यता भएको बताएका छन् ।
देश बनाउने कुरामा पार्टीहरू संविधान संशोधन गरेर भएपनि एक हुनुपर्ने उनले बताएका छन् । राजनीतिक दलहरू नयाँ ढंगबाट अगाडि बढ्नुको विकल्प नरहेको उनले बताएका छन् ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया