संवैधानिक परिषदको बैठकमा कुरा मिलेन
काठमाडौं । संवैधानिक परिषदमा सहमति हुन नसकेपछि भावी प्रधानन्यायाधीशको नाम सिफारिस नगरेर बैठक सक्किएको छ ।
मंगलबार सिंहदरबारमा बसेको संवैधानिक परिषदको बैठक निष्कर्षविहीन सक्किएको छ ।
विभिन्न विषयमा छलफल भए पनि प्रधानन्यायाधीश कसलाई बनाउने भन्ने नामको विषय प्रवेश नै नभएको राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाले बताएका छन् ।
साउन १८ गते बस्ने बैठकले रिक्त संवैधानिक निकायका पदहरूमा एकमुष्ट निर्णय गरिने सहमति भएको छ ।
तिमिल्सिनाले भने, ‘धेरै विषयमा छलफल भयो । निर्णय भएन । अव १८ गते बस्ने बैठकमा अरू रिक्त पदमा छलफल गर्ने भन्ने भएको छ ।’
Published : Tuesday, 2023 August 1, 7:53 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया