विदेशी सेनामा काम गर्न नजान परराष्ट्र मन्त्रालयको निर्देशन
काठमाडौं । परराष्ट्र मन्त्रालयले गलत सूचनाका आधारमा विदेशको सेनामा काम गर्न नजान निर्देशन दिएको छ ।
मंगलबार मन्त्रालयले विज्ञप्ति जारी गरेर सामाजिक सञ्जाल र सञ्चार माध्यमहरूमा नेपाली नागरिक विदेशी सेनामा भर्ना भएको भन्ने समाचारप्रति ध्यानाकर्षण भएको भन्दै सचेत गराएको छ ।
विभिन्न सञ्चार माध्यममा रुसी सेनामा नेपालीहरु भर्ना भएको समाचार आएको थियो ।
‘विदेशी सेनामा नेपाली नागरिकहरू भर्ना सम्बन्धमा परम्परागत रूपमा सम्झौताअन्तर्गत केही मित्रराष्ट्रको राष्ट्रिय सेनामा भर्ना हुँदै आएकोमा बाहेक अन्य विदेशी सेनामा नेपाली नागरिक भर्ना हुन अनुमति दिनेसम्बन्धी नेपाल सरकारको नीति नरहेको जानकारी गराइन्छ’, विज्ञप्तिमा भनिएको छ ।
‘यस्ता कार्यमा संलग्न हुँदा आइपर्ने जोखिम र उद्धारमा हुने कठिनाइप्रति सजग रहन सूचित गरिन्छ’, परराष्ट्र मन्त्रालयले भनेको छ ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया