सुडानमा नेपाली सेनाका अमल्दार रामबहादुरको शव फेला
काठमाडौं । नेपाली सेनाका अमल्दार रामबहादुर बाँठाको घाँटीमा पासो लगाएको अवस्थामा शव भेटिएको छ ।
संयुक्त राष्ट्रसंघको शान्ति स्थापना कार्यको लागि युनाइटेड नेशन मिशन ईन साउथ सुडान, दक्षिण सुडानमा तैनाथ श्री शेर गण (शान्ति सेना) बाह्रौं डफ्फामा कार्यरत अमल्दार बाँठाको साउन ११ गते मृत्यु भएको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयद्वारा शुक्रबार जारी विज्ञप्तिमा उल्लेख छ ।
जाजरकोटी जिल्लाको खलंगा गाउँपालिका वडा नं. ६ निवासी अमल्दार बाँठाको शव सुडानको रुम्बेकस्थित गण हेडक्वाटरमा रहेको भेहिकल वर्कशपमा घाँटीमा पासो लगाई झुण्डिएको अवस्थामा फेला परेको विज्ञप्तिमा उल्लेख छ ।
बाँठाको शवलाई पोष्टमार्टमको प्रक्रिया तथा अनुसन्धानको क्रममा रहेको र पोष्टमार्टम पछि स्वदेश ल्याउन आवश्यक समन्वय भइरहेको छ ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया