एमाले र माओवादी समर्थक होइन : सुष्मा
काठमाडौं । काठमाडौं उद्योग वाणिज्य संघकी कोषाध्यक्ष तथा फेसियल हाउसकी सञ्चालिका सुष्मा महराले आफूले उच्च अदालतबाट अन्तरिम आदेश जारी भएको जनाएकी छिन् ।
सुष्माले साउन ९ गते खण्डन पठाएर सुष्माले आफूविरुद्ध आएका समाचारको खण्डन गरेकी छिन् । रिपब्लिका दैनिकले आफूविरुद्ध समाचार लेखेर मानसिक तनाब दिएको जनाएकी छिन् । उनले आफू एमाले र माओवादीको कार्यकर्ता कहिल्यै नभएको दाबी गरेकी छिन् ।
रिपब्लिका दैनिकले चाबहिलको केएल टावरमा रहेको फेसियल हाउसमा कपड परिवर्तन गर्ने कोठामा सीसीटीभी राखेर भिडियो बनाएको अभियोगमा गौशाला प्रहरीमा उजुरी परेको र दवावमा मिलापत्र भएको समाचार प्रकाशित भएको थियो ।
त्यसपछि पीडित सरकारी अधिकृत महिलाले न्यायप्रति चित्त नबुझेपछि जाहेरी दिएकी थिइन् । जाहेरीपछि गौशाला प्रहरीले सुष्माविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।
नेपाली कांग्रेस निकटको नेपाल व्यूटीसियन संघले सुष्मालाई केएल टावर प्रकरणमा बचाउन निकै प्रयास गरेको भनेर समाचार प्रकाशित भएको थियो ।

बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया