एक सय किलो सुन तस्करीबारे दीपक मलहोत्राको के छ भनाइ ?
काठमाडौं । बेलाबेला विवादमा आइरहने व्यवसायी दीपक मलहोत्राले आफूविरुद्ध आएका समाचारको खण्डन गरेका छन् ।
बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर मलहोत्राले कसैसँग मिलेर सुनको कारोबार नगरेको दाबी गरेका छन् । उनले सय किलो सुन आयात काण्डमा कुनै साझेदार नभएको बताए ।
नेपाली मिडियामा सय किलो सुन काण्डमा संलग्न भएको भन्ने समाचार आएपछि उनले खण्डन गरेका छन् ।
उनले आफू र आफ्ना परिवारका सदस्यहरू कसैले पनि त्यस्तो कारोबारका लागि कुनै भुक्तानी पठाउने काम नभएको बताएका छन् ।
मलहोत्राले कुनै साझेदार वा कर्मचारीका नाममा कुनै पनि त्यस्तै वस्तु आयातमा संलग्न नभएको बताएका छन् ।
उनले अहिले पक्राउ परेकाहरूसँग आफ्नो कुनै चिनजानसमेत नभएको दाबी गरेका छन् ।
आयात गरिएको कुनै पनि वस्तु भन्सारबाट छुटाउने क्रममा आफ्नो संलग्नता नभएकोसमेत मलहोत्राले जनाएका छन् ।
उनले आफू र आफ्नो परिवारको कारोबार कानून बमोजिम पारदर्शी भएकोसमेत उनले बताएका छन् ।
मलहोत्राले खण्डन प्रकाशन र माफी नमागे कानूनअनुसार अगाडि बढ्ने चेतावनी दिएका छन् । विगतमा पनि व्यापारी मलहोत्राको नाम सुन तस्करी काण्डमा मुछिएर आएको थियो ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया