प्रदेश सभा सदस्य महर्जनद्वारा ललितपुर कांग्रेसका नेता शाहीप्रति श्रद्धाञ्जलि व्यक्त
काठमाडौं । नेपाली कांग्रेसका नेता तथा बागमती प्रदेश सभाका सदस्य मीनकृष्ण महर्जनले स्व.राजेन्द्रकुमार शाहीप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन् ।
ललितपुरको गोदावरी नगरपालिका वडा नम्बर ११ स्थित चापागाउँमा मंगलबार आयोजित शुद्धीको कार्यक्रममा नेता महर्जनले स्व.शाहीप्रति श्रद्धाञ्जलि दिएका हुन् । श्रद्धाञ्जलि कार्यक्रमको प्रमुख अतिथि समेत रहेका नेता महर्जनले स्व.शाहीले कांग्रेसप्रति दिएको योगदानको स्मरण गरेका छन् ।
स्व.शाही तरुण दलका जुझारु नेता हुन् । शाहीको निधनले ललितपुर क्षेत्र नम्बर १ मा कांग्रेसलाई ठूलो क्षति भएको नेता महर्जनले बताएका छन् ।
स्व.शाहीले निर्वाचनका बेला आफूलाई विजयी बनाउन युवाहरू परिचालन गर्न कमाण्डरकै भूमिका निभाएको महर्जनले स्मरण गरेका छन् ।
स्व.शाही ३ वर्षदेखि क्यान्सर रोगबाट पीडित थिए । १ वर्ष अगाडि स्व.शाहीको मेडिसिटीमा शल्यक्रिया भएको थियो ।
श्रद्धाञ्जलि कार्यक्रममा गोदावरी नगरपालिकाका मेयर तथा ललितपुर कांग्रेसका उप–सभापति गजेन्द्र महर्जन, ललितपुर जिल्ला समन्वय समितिका संयोजक ऋषिदेव फुयाल, महाधिवेशन प्रतिनिधि सुरज श्रेष्ठ, उमेशमेहेर कायस्थ, गोदावरी नगर कार्यसमितिका सभापति प्रदीप जोशी लगाएतले स्व.शाहीका परिवारजनमा समवेदन प्रकट गरेका छन् ।

बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया