स्व.गिरिजाप्रसाद कोइरालालाई तरुण दलले सम्झियो
काठमाडौं । नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले स्व.गिरिजाप्रसाद कोइरालाको १००औँ जन्मजयन्तीको अवसरमा श्रद्धाञ्जलि प्रकट गरेका छन् ।
सोमबार प्रेस नोट जारी गरेर अध्यक्ष गुरुङले नेपाली कांग्रेसका तत्कालीन सभापति तथा प्रधानमन्त्री स्व.कोइरालाले पुर्याएको योगदानको स्मरण गरेका हुन् ।
अध्यक्ष गुरुङले भनेका छन्, ‘नेपाली कांग्रेसका पूर्व पार्टी सभापति तथा पूर्व प्रधानमन्त्री आदरणीय नेता स्व.गिरिजाप्रसाद कोइरालाज्यूको १००औँ जन्मजयन्तीको अवसरमा हार्दिक श्रद्धासुमन प्रकट गर्दछु ।’
‘पूर्वसभापति स्व.कोइरालाले सशस्त्र विद्रोह सञ्चालन गरेको तत्कालीन नेकपा (माओवादी)लाई शान्तिपूर्ण राजनीतिका मूलधारमा समाहित गराउन र गणतन्त्र स्थापना गर्न खेल्नुभएको महत्वपूर्ण भूमिका सम्पूर्ण देशवाशीहरूको लागि ऐतिहासिक क्षणको रुपमा स्थापित छ ।’
‘उहाँले देखाउनु भएको बाटोमा हिंड्न हामी सबैलाइ प्रेरणा मिलोस्’, तरुण दलका अध्यक्ष गुरुङले भनेका छन् ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया