विनिता पौडेलको घरमा प्रहरी छापा, नरदेवीबाट ८ जना जुवाडे पक्राउ
काठमाडौं । प्रहरीले काठमाडौंबाट जुवातास खेलिरहेको अवस्थामा आठ जनालाई पक्राउ गरेको छ ।
काठमाडौं महानगरपालिका–१८ नरदेवी बस्ने विनिता पौडेलको घरमा प्रहरीले छापामारेको हो । जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ७४ वर्षीय चौथीनारायण महर्जन समेत ८ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।
पौडेलको घरमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १५ हजार २ सय १० रूपियाँ र ४ बुकतास सहित फेला पारी पक्राउ गरेको छ ।
Published : Sunday, 2023 July 2, 4:56 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया