खचाखच यात्रुले भरिएको श्री एयरलाइन्सले किन जोखिम लिएन ? सिधै काठमाडौं फर्कियो
काठमाडौं । श्री एयरलाइन्सको जहाजमा प्राविधिक समस्या भएपछि चालक दलले जोखिम नलिएर काठमाडौं अन्तर्राष्ट्रिय विमानस्थलमा सकुशल अवतरण गराएको छ ।
शनिबार काठमाडौंबाट धनगढीतर्फ खचाखच यात्रु बोकेर उडानको जहाजमा हाइड्रोलिक समया देखिएपछि
काठमाडौं फर्काएर सकुशल रुपमा अवतरण गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता जगन्नाथ निरौलाले बताएका छन् ।
श्री एयरलाइन्सले एटीआरसँग समन्वय गरेर काठमाडौं फर्किएर जोखिम नलिएको हो ।
श्री एयरलाइन्सको २२५ उडान नम्बरको जहाज दिउँसो ३:३३ मा काठमाडौं विमानस्थलबाट उडेको थियो । हाइड्रोलिकमा समस्या भएपछि जहाज काठमाडौं फिर्ता भएको र ५ बजेतिरै अवरतण भएको छ ।
श्री एयरलाइन्सको जहाज अवतरणपछि काठमाडौं विमानस्थलको ट्याक्सी वेमा रोकिएको थियो । ट्याक्सी वेबाट जहाजलाई तानेर पार्किङ वेमा लगिएको छ ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया