बढी सुविधा लिएर कर नतिर्ने वर्गलाई दायरामा ल्याउँछु : अर्थमन्त्री डा.महत
पोखरा । अर्थमन्त्री डा. प्रकाशशरण महतले हाल प्रस्ताव गरिएको बजेटले अर्थतन्त्रलाई चलायमान गर्ने बताएका छन् ।
नेपाल प्रेस युनियन कास्की शाखाले पोखरामा शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा डा.महतले बजेटले देशभित्रै उद्योग व्यवसाय गर्ने प्रेरित गरेको बताएका छन् ।
डा. महतले भने, ‘यो बजेटको लक्ष्य लोकप्रिय छ, यसले जे काम गर्न प्रस्ताव अगाडि सारेको छ, त्यसले लोकप्रिय परिणाम दिनेछ । त्यसका लागि बाटो तय भएको छ ।’
उनले समयमा निर्णय नहुने, कार्यान्वयन नहुने, समयमा ठेक्का नलाग्ने, कार्यविधि नबन्ने, जथाभावी रकमान्तर हुने कार्यलाई पूर्णरुपमा निषेध गरेको बताएका छन् ।
उनले नेपालमा पुँजीगत खर्च नहुने ठूलो समस्या रहेको बताएका छन् । डा.महतले पुँजीगत खर्च नहुने समस्यालाई बजेटबाट सुधार गर्ने बताए ।
बढी सुविधा लिइरहेको तर करको दायरामा नआएको वर्गलाई करको दायरामा ल्याउने कामसमेत गरिएको उनले बताएका छन् ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया