संस्कृतिको संरक्षण गर्दा राज्यलाई फाइदा हुन्छ : सभापति देउवा
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राज्यका हरेक निकायमा आदिवासी जनजातीको सहभागिता सुनिश्चित गर्न गम्भीर रुपमा लाग्ने बताएका छन् ।
शुक्रबार पार्टी कार्यालय सानेपामा आयोजित कार्यक्रममा देउवाले कांग्रेसले सदैव समावेशीताको मुद्दालाई जोडदार रुपमा उठाउँदै आएको बताएका छन् । उनले हरेक निकायमा आदिवासी जनजातीको सहभागिता सुनिश्चित गर्न गम्भीर रुपमा लाग्ने बताएका छन् ।
उनले आदिवासी जातजातीको भाषा, संस्कृतिको संरक्षण गर्दा राज्यलाई नै फाइदा हुने र यस क्षेत्रमा पर्यटन बढाउन सकिने बताएका छन् ।
कांग्रेस उप–सभापति एवं कानूनमन्त्री धनराज गुरुङले देशलाई भ्रष्टाचारको भुमरीबाट बाहिर निकाल्ने मिशनबाट सरकार पछि नहट्ने र एकपछि अर्को भ्रष्टाचारको फाइल खोल्दै जाने बताएका छन् ।
गठबन्धन सरकार ढल्ने हल्लाले सरकारलाई कुनै हालतमा कमजोर नबनाउने उनले बताएका छन् ।
कांग्रेसका सह–महामन्त्री भीष्मराज आङदेम्बेले पार्टीका दुईवटै उपसभापति सरकारका जानुको कारणबारे आफूलाई जानकारी नभएपनि एक जनाले पार्टी र अर्कोले सरकार हेर्दा उपयुक्त हुने बताएका छन् ।
उनले अहिले पार्टीको केन्द्रीय समिति कर्मचारीले चलाएको जस्तो देखिएको बताएका छन् ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया