ललितपुरमा गुण्डाशैलीमा लामिछानेले नायब सुब्बालाई कुटे
काठमाडौं । गुण्डाशैलीमा जिल्ला अदालत ललितपुरका कर्मचारीलाई कुटपिट गर्ने अधिवक्ता अमिर लामिछानेलाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला अदालत ललितपुरमा कार्यरत नायव सुब्बा प्रेमिका तामाङमाथि हातपात गरेको जाहेरी परेपछि लामिछानेलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर ललितपुरले जानकारी दिएको छ ।
लामिछानेले बुधबार दिउँसो कार्यालयमै आफूमाथि गाली गलौज तथा हातपात गरेको भन्दै तामाङले प्रहरीमा उजुरी दिएकी थिइन् ।
तामाङले अधिवक्ता लामिछानेमाथि अभद्र व्यवहारको कसूरमा कारबाही हुनुपर्ने माग गरेकी छिन् ।
लामिछानेको आक्रमणबाट आफ्नो सर्ट च्यातिएको र ओठमा समेत घाउ भएको उनले उजुरीमा उल्लेख गरेकी छिन् ।
Published : Thursday, 2023 June 29, 5:25 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया