मोहन बस्नेतको विशेष पहलमा मेलम्चीमा बेलिब्रिज बन्यो, विराेध गरेर हैरान बनाएकाे एमाले पनि हिँड्ने
काठमाडौं । सिन्धुपाल्चोकको मेलम्ची खोलामा दुई वर्ष अगाडि बाढीपहिरोले भत्काएको पुलको ठाउँमा बेलिब्रिज निर्माण भएको छ ।
बेलिब्रिज निर्माणको काम अन्तिम चरणमा पुगेको छ । नेपाली सेनाले बेलिब्रिज निर्माणको काम अन्तिम चरणमा पुर्याएको छ ।
शनिबार मेलम्ची नदीमा बेलिब्रिजको निर्माणको काम भइरहेका विषयमा स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले अनुगमन गरेका छन् ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका बस्नेतले अबको दुई हप्ताभित्र बेलिब्रिज निर्माण सम्पन्न भएर आवत जावत हुने जानकारी नेपाली सेनाका प्राविधिकहरूले गराएको बताएका छन् । बेलिब्रिजबाट सवारी आवागमन सहज हुनेवित्तिकै सर्वसाधारण लाभान्वित हुनेछन् ।
बेलिब्रिज निर्माणका लागि बस्नेतले ठूलो पहल गरेका थिए । बेलिब्रिज पनि बनाउन नदिन एमालेका नेता तथा पूर्वमन्त्री शेरबहादुर तामाङले ठूलो खेलोफड्को गरेका थिए । कम्युनिस्टहरूको अबरोध छिचोलेर कांग्रेस नेता तथा मन्त्री बस्नेतले बेलिब्रिज बनाइ छाडेका छन् ।
मेलम्ची, हेलम्बु, पाँचपोखरी र चौताराका विभिन्न भू–भाग जोड्ने मेलम्ची नदीको बेलिब्रिजको निर्माण कार्यका लागि बस्नेतले विशेष पहल लिँदै आएका थिए ।





बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया