आयोगका अध्यक्ष अन्सारी र भाजपा नेता जोलीबीच भेटवार्ता
काठमाडौं । मुस्लिम आयोगले भारतबाट दिने छात्रवृत्तिमा मुस्लिम समुदायका विद्यार्थीलाई पनि कोटा छुट्याउन आग्रह गरेको छ ।
बुधबार मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारी र भारतीय जनता पार्टीका वरिष्ठ नेता विजय जोलीबीच आयोगको कार्यालय ललितपुरमा भएको भेटवार्तामा भारतले नेपालका विद्यार्थीलाई दिने छात्रवृत्तिमा कोटा छुट्याउन आग्रह गरेका हुन् ।
अध्यक्ष अन्सारीले नेपाललाई दिने छात्रवृत्तिमा मुस्लिमलाई पनि कोटा निर्धारण गर्न आग्रह गरेका हुन् । जवाफमा नेता जोलीले आयोगको मागमा आफू सकारात्मक रहेको बताएका छन् ।
भाजपाका नेता जोलीले नेपालमा मुस्लिम समुदायको उत्थान र विकासका लागि आयोगले गर्दै आएको कामको प्रशंसा गरेका छन् ।
अध्यक्ष अन्सारीले एक वर्षअघि पनि भारत भ्रमणका क्रममा भारतीय रक्षा मन्त्री राजनाथ सिंह र भारतको राष्ट्रिय अल्पसंख्यक कार्य मन्त्री मुखटार अब्बास नकबीसँग भेटेर भारतले दिने एमबीबीएस छात्रवृत्तिमा मुस्लिमलाई कोटा छुट्याउन माग गरेका थिए ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया