बाढीपहिरोले ठूलो क्षति भएको भन्दै तरुण दलद्वारा दु:ख व्यक्त
काठमाडौं । नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले कोशी प्रदेशका विभिन्न जिल्लामा वर्षातका कारण भएको जनधनप्रति दु:ख व्यक्त गरेका छन् ।
आइतबार अध्यक्ष गुरुङले प्रेस नोट जारी गरेर अबिरल वर्षातका कारण ठूलो नोक्सानी भएको भन्दै दुखित भएको जनाएका छन् ।
‘संखुवासभा, तेह्रथुम, ताप्लेजुङ, पाँचथरलगायतका पूर्वी पहाडमा शनिबार राति अविरल वर्षाका कारण ठूलो धनजनको क्षति भएको भन्ने खबरले चिन्तित भएको छु’, अध्यक्ष गुरुङले भनेका छन् ।
‘पूर्वको संखुवासभामा रहेको सुपर हेवा हाइड्रोपावरमा काम गर्ने मजदुर १६ जना बेपत्ता भएको, तीन जना फेला परेको र एक जना मृत फेला परेको, तीन जना घाइते भएको जानकारी भएको छ’, उनले भनेका छन् ।
‘अन्य विभिन्न ठाउँमा पनि मान्छे हराइराखेको सूचना आएको हुनाले नेपाल सरकार, गृह मन्त्रालयको गम्भीर ध्यानाकर्षण गराउँदछु’, उनले भनेका छन् ।
‘तत्काल उद्धारको कार्य अघि बढाउन र अझै सम्भावित दुर्घटनाबाट बच्न तत्काल कदम चाल्न आग्रह गर्दछु’, तरुण दलका अध्यक्ष गुरुङले भनेका छन् ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया