काठमाडौंमा माेटरसाइकलले ट्रकलाई ओभरटेक गर्न खोज्दा सुमित्राको मृत्यु
काठमाडौं । काठमाडौंमा ट्रकलाई ओभरटेक गर्न खोज्दा मोटरसाइकल दुर्घटना भएको छ ।
दुर्घटनामा २० वर्षीया सुमित्रा मोक्तानको मृत्यु भएको प्रहरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
चन्द्रगिरि नगरपालिका–१२ गुर्जुधारामा ना.५ ख ५७७७ नम्बरको ट्रकलाई प्र.३–०२–००९ प २०१३ नम्बरको मोटरसाइकलले ओभरटेक गर्ने क्रममा बिहीबार दिउँसो दुर्घटना भएको विज्ञप्तिमा उल्लेख छ ।
मोटरसाइकलमा सवार हाल चन्द्रागिरी नगरपालिका–३ बस्ने मकवानपुरको थाहा नगरपालिका–५ घर भएकी सुमित्रा मोक्तानको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएकी सुमित्राको शहीद मेमोरीयल अस्पताल कलंकीमा उपचारको क्रममा मृत्यु भएको हो ।
ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएर दुर्घटनाका सम्बन्धमा अनुसन्धान गरिरहेको जनाएको छ ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया