कांग्रेसको विधान संशोधन गर्न सभापति बानियाँको प्रस्ताव
काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति ईन्द्रबहादुर बानियाँले विकास बजेट घट्दै गएकोमा चिन्ता जनाएका छन् ।
नेपाली कांग्रेस दोलखाले आइतबार आयोजना गरेको कार्यक्रममा सभापति बानियाँले विकास खर्च घटेर साधारण खर्च बढेको बताए । उनले विकास बजेट बढाउन कांग्रेसले विधान संशोधन गर्नुपर्ने बताए । उनले विकास बजेटलाई ७० प्रतिशत र साधारण खर्चलाई कसरी ३० प्रतिशतमा पुर्याउने भनेर कांग्रेसले निर्णय लिनुपर्ने बताए ।
उनले भने, ‘नेपाली कांग्रेसले यस्तै सम्मेलनमा छलफल गरेर, समीक्षा गरेर, विषयवस्तुको उठान गरेर, कांग्रेसको महासमितिको बैठकमा लगेर अब हामीले आफ्नो विधान संशोधन गर्नुपर्यो सबैभन्दा पहिला ।’
सभापति बानियाँले टिकटमा भएको विभेदलाई परिवर्तन गर्नुपर्ने बताए । उनले वडाबाटै टिकट बाँड्ने कार्य गर्नुपर्ने बताए । उनले पार्टी पद्धतिमा सुधार गरेर जानुपर्ने बताएका छन् ।
बानियाँले कांग्रेसले लिएको नीतिलाई मानेर एकजुट भएर लाग्यौँ भने कांग्रेसलाई कसैले पनि हराउन नसक्ने बताए । उनले गठबन्धन तात्कालीक रणनीति मात्रै भएको बताए । आफ्नै साथीहरूलाई भरोसा गरेर निर्वाचनमा लड्नुपर्ने बताए ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया