आईजीपी कुँवर स्वदेश फिर्ता
काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवर स्वदेश फिर्ता भएका छन् ।
आइतबार आईजीपी कुँवर स्वदेश फिर्ता भएका हुन् । उनी इन्टरपोल महासचिवालयको आयोजनामा सिंगापुरमा भएको ‘१८औं हेड अफ एनसिबी कन्फ्रेन्स’मा सहभागी भएका थिए ।
कुँवरलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरमा प्रहरीका उच्च अधिकारीहरूले स्वागत गरेको विज्ञप्तिमा उल्लेख छ ।
विमानस्थलमा कुरा गर्दै आईजीपी कुँवरले कन्फ्रेन्समा इन्टरपोलका १९५ सदस्य राष्ट्रमध्ये १३३ राष्ट्रका एनसिबी प्रमुखहरूबीच ईन्टरपोलका सदस्य राष्ट्रहरूको नेटवर्कलाई बलियो र प्रभावकारी बनाउने विषयमा छलफल भएको बताएका छन् ।
अन्तरदेशीय अपराध नियन्त्रणका लागि आपसी समन्वय र सहकार्य गर्ने र आतकंवाद जस्ता अपराधहरूको नियन्त्रण लगायतका विषयहरुमा बृहत छलफल भई विभिन्न प्रस्ताव पारित भएको उनले बताएका छन् ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया