तिलोत्तमामा स्कारपियो बिजुलीको पोलमा ठोक्कियो, कालीकोटमा पनि जीप दुर्घटना

काठमाडौं । रुपन्देही र कालीकोटमा भएका सवारी दुर्घटनमा चार जनाको मृत्यु भएको छ ।

रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. ३ शान्तिकुञ्जमा शनिबार राति भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । पाँच जना घाइते भएका छन् ।

भैरहवाबाट बुटवलतर्फ आउँदै गरेको स्कारपियो गाडी सिद्धार्थ राजमार्ग अन्तर्गत तिलोत्तमा नगरपालिकाको शान्तिकुञ्जमा दुर्घटना हुँदा गाडी चालकको मृत्यु भएको छ । गाडी अनियन्त्रित भएर सडकको विद्युत् पोलसँगै वालमा ठोक्किएको थियो ।

बा २० च १४३८ नम्बरको स्कारपियो चालक अर्घाखाँची छत्रगञ्ज गाउँपालिका वडा नं. ८ का विकास श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ ।

वर्ष ३२ का चालक विकास श्रेष्ठको उपचारको क्रममा बुटवलको चौराह अस्पतालमा मृत्यु भएको छ ।

दुर्घटनामा वर्ष ३१ का विज्ञान श्रेष्ठ, वर्ष ४९ का सुरेन्द्र श्रेष्ठ, वर्ष १८ का विप्लव श्रेष्ठ, वर्ष १७ का सुदर्शन श्रेष्ठ र वर्ष ३५ का विशाल पन्थी घाइते भएका छन् ।

घाइते पाँच जनाको बुटवलको चौराहा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

उता, कालीकोटमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । शनिबार राति साढे ११ बजे शुभकालिका गाउँपालिका–६ चिसापानीस्थित बेहुली पानतडी सडकखण्डको चौकी बजारबाट हाउडीतर्फ जाँदै गरेको लु१च८४९८ नम्बरको जीप दुर्घटना भएको हो

जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालका अनुसार मृत्यु हुनेमा जीपका चालक शुभकालिका–२ भर्ताका ३० वर्षीय हर्के कामी, वडा नं. ८ का ३१ वर्षीय रामबहादुर शाही र दैलेख नौमुलेका २५ वर्षीय गोपाल सलामी मगर रहेका छन् ।

Published : Sunday, 2023 June 11, 11:02 am

फेसबुकबाट तपाईको प्रतिक्रिया