कार्यकर्ताले माया गरेका कारण कांग्रेस तीन तहमै ठूलो पार्टी बन्न सक्यो : आरजु राणा

काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवम् सांसद आरजु राणा देउवाले आगामी दिन अझै चुनौतीपूर्ण रहेको बताएकी छिन् ।

शुक्रबार काठमाडौंमा नेपाल महिला संघले स्व.मीना पाण्डेप्रति श्रद्धाञ्जलि दिँदै राणाले कांग्रेसलाई बलियो बनाउनुपर्ने बताएकी हुन् । उनले स्व.पाण्डेले आफ्नो पूरै जीवन पार्टीप्रति समर्पित गरेको बताएकी छिन् ।

नेतृ राणाले स्व.पाण्डेले पार्टीमा गरेको योगदानलाई अनुशरण गर्नुपर्ने बताएकी छिन् । स्व.पाण्डेले गरेको त्यागलाई कांग्रेसले सधैभरि उच्च सम्मानको साथ मूल्यांकन गर्ने राणाले बताएकी छिन् ।

केन्द्रीय सदस्य राणाले कांग्रेसलाई पहिलो पार्टीको रुपमा स्थापित गरेको बताएकी छिन् । उनले सबैको कार्यकर्ताको योगदानले गर्दा कांग्रेस ठूलो पार्टी बनेको बताइन् ।

सांसद राणाले निर्वाचनमा कांग्रेस ठूलो पार्टी बनेका कारण केन्द्र सरकारदेखि प्रदेश र स्थानीय तहमा शानदार रुपमा उपस्थिति जनाएको बताएकी छिन् ।

कांग्रेसले गरेको काम र उपलब्धिहरुका बारेमा जनतालाई जानकारी गराउनुपर्ने उनले बताएकी छिन् । उनले मिडियाबाजी गरेर गालीगलौजको राजनीति गरेर चुनाव जित्ने परम्पराबाट सचेत हुनुपर्ने बताएकी छिन् ।

कार्यक्रममा कांग्रेसकी सहमहामन्त्री महालक्ष्मी उपाध्याय, सांसद तथा कांग्रेस केन्द्रीय सदस्य सरिता प्रसाइँ, नेपाल महिला संघकी अध्यक्ष उषा मिश्र, नेतृ अम्बिका बस्नेत, सांसद ईश्वरी न्यौपानेलगायतका नेतृहरुको उपस्थिति रहेको थियो ।

Published : Friday, 2023 June 9, 5:57 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया