गुरुङद्वारा तनहुँ तरुण दलको अध्यक्षमा थापालाई मनोनीत, कार्यसमितिमा को-को परे ?

काठमाडौं । नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले नेपाल तरुण दल तनहुँ जिल्ला कार्यसमिति गठन गरिदिएका छन् ।

तनहुँ तरुण दलको अध्यक्षमा हीरा थापालाई नियुक्त गरिएको अध्यक्ष गुरुङद्वारा लेखिएको पत्रमा उल्लेख छ । अध्यक्ष गुरुङले भनेका छन्, ‘नेपाल तरुण दल जिल्ला समितिमा तपशिल बमोजिमका तरुण साथीहरु रहनु भएको हुँदा सोको अनुमोदन गरी पठाइएको छ ।’

कार्यसमितिको उपाध्यक्षमा जीवन गुरुङ, सचिवमा सुवोध वाग्ले, सहसचिवमा सोम तामाङ, कोषाध्यक्षमा बलबहादुर शाही मनोनीत भएका छन् ।

सदस्यहरुमा सुमन थापा, खेम गुरुङ, अजर नागिला, आयुष थापा, सकित दरै, विमल राना, रविन्द्र गुरुङ, गोविन्द मल्ल, जानकी थापा, परी गुरुङ नियुक्त गरिएको अध्यक्ष गुरुङले बताएका छन् ।

त्यसैगरी, भीमकुमारी आले मगर, किशोर पन्थ, प्रवीन थापा मगर, राजेश क्षेत्री, बसन्त लालचन, विनु बिक, गगन थापा, अमृत खनाल, ईश्वर न्यौपाने, सुजन थापा, ईश्वर रिमाल, विन्दु आले, मुना रानाभाट खातुन र मानवीर थापालाई सदस्यमा मनोनयन गरिएको पत्रमा उल्लेख छ ।

Published : Friday, 2023 June 9, 10:08 am

फेसबुकबाट तपाईको प्रतिक्रिया