सिन्धुपाल्चोकका तामाङलाई बानेश्वरबाट पक्राउ, टेकुको हिरासतमा राखियो

काठमाडौं । प्रहरीले काठमाडौंको नयाँ बानेश्वरबाट सञ्च तामाङलाई पक्राउ गरेको छ ।

कारागारमा रहेको थुनुवालाई छुटाईदिन्छु भनि रकम ठगी गर्ने सिन्धुपाल्चोकको चौतारा नगरपालिका–१ घर भई भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–९ बस्ने ४२ वर्षीय तामाङलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।

वैदेशिक रोजगार ठगी मुद्दामा कारागारमा रहेको थुनुवालाई छुटाईदिन्छु भनि पटक पटक गरी ४ लाख रूपियाँ लिई ठगी गरी फरार रहेका तामाङलाई नयाँ बानेश्वरबाट पक्राउ गरेको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंमा राखिएका तामाङका विषयमा थप अनुसन्धान भइरहेको छ ।

Published : Friday, 2023 June 9, 9:43 am

फेसबुकबाट तपाईको प्रतिक्रिया