छोराको हत्या गरेर भागेका बाबु काठमाडौंमा पक्राउ
काठमाडौं । प्रहरीले २५ वर्षीय नुर आलम अन्सारीलाई आफ्नै १४ दिनको छोराको हत्या गरेको अभियोगमा पक्राउ गरेको छ ।
१४ दिने छोराको हत्या गरी फरार रहेका अभियुक्त बाराको देवताल गाउँपालिका–४ तिप्राडी टोल बस्ने अंसारीलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।
आफ्नै १४ दिनको छोराको यही जेठ १४ गते हत्या गरी फरार रहेका अंसारीलाई प्रहरीले खोजी गर्ने क्रममा काठमाडौंको चन्द्रागिरी नगरपालिका–१५ ढुंगेअड्डा पिपलबोटबाट पक्राउ गरेको हो ।
उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय बारा पठाइएको छ ।
Published : Wednesday, 2023 June 7, 11:36 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया