ईन्स्पेक्टरबाट डीएसपी बढुवामा मेरो संलग्नता छैन : माओवादी नेता कार्की
काठमाडौं । अनेरास्ववियू (क्रान्तिकारी) केन्द्रीय समितिको संयोजक समेत रहेका माओवादी केन्द्रका नेता पवन कार्कीले नेपाल प्रहरीका प्रहरी निरीक्षकहरुको प्रहरी नायब उपरीक्षक बढुवामा कुनै पनि संलग्नता नरहेको दाबी गरेका छन् ।
कार्कीले खण्डन पठाएर डीएसपी बढुवामा ईन्स्पेक्टरहरुको नाम कहाँ हरायो ? गृहमन्त्रीका बिचौलियाहरुले कुम्ल्याए भन्ने शीर्षकको समाचारप्रति आपत्ति जनाएका हुन् ।
उनले भनेका छन्, ‘समाचारमा मेरो नाम र फोटोको दुरुपयोग गरि तथ्यहीन र भ्रामक समाचार प्रकाशित गरिएकोप्रति आपत्ति प्रकट गर्दछु । यो समाचारमा लेखे जस्तो कुनै पनि प्रक्रियामा मेरो संलग्नता नरहेको हुँदा यसको खण्डन गर्दछु ।’
कार्कीले भनेका छन्, ‘समाचारहरु सत्य तथ्यमा आधारित हुनुपर्नेमा नितान्त भ्रामक मिथ्या र मेरो व्यक्तिगत मानहानी समेत गर्ने नियतले भएको देखिन्छ । तसर्थ यस्तो कपोकल्पित समाचार हटाउन र गलत समाचारको तत्काल खण्डन सहित गल्ती सुधार गर्न अनुरोध गर्दछु ।’
नेता कार्की गृहमन्त्री नारायणकाजी श्रेष्ठ निकटका मानिन्छन् ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया