सोलुखुम्बुका शेरबहादुर नयाँ बानेश्वरबाट पक्राउ
काठमाडौं । ठगीको अभियोगमा प्रहरीले काठमाडौंको नयाँ बानेश्वरबाट ४६ वर्षीय शेरबहादुर तामाङलाई पक्राउ गरेको छ ।
कम्बोडिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा सोलुखुम्बुको लिखुपिके गाउँपालिका–१ घर भई काठमाडौं महानगरपालिका स्वयम्भू पाँचधारा बस्ने तामाङलाई मंगलबार प्रहरीले पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।
तामाङले वैदेशिक रोजगारको लागि कम्बोडिया पठाई होटलमा मासिक १ लाख ५० हजार रुपियाँभन्दा बढी तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारेका थिए ।
१ जना पीडितबाट पटक पटक गरी उनले ५ लाख रुपियाँ लिएर सम्पर्क विहीन भई ठगी गरेको प्रहरीले जनाएको छ ।
तमाङविरुद्ध वैदेशिक रोजगार विभागमा पीडितले उजुरी दिएका थिए । त्यसपछि विभागले तामाङलाई पक्राउ गर्न आदेश दिएको थियो ।
उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहचल काठमाडौं पठाइएको छ ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया