भारतद्वारा सप्तरीमा एलपीजी ग्यासको चुलोसहितका सामान वितरण
काठमाडौं । भारत सरकारद्वारा सप्तरी जिल्लामा एलपीजी ग्यास चुलो, सिलिन्डर र अन्य सामान हस्तान्तरण गरेको छ ।
भारतका महावाणिज्यदूत नितेश कुमार र नेपाल–भारत महिला मैत्री समाजकी अध्यक्ष एवं प्रतिनिधि सभाकी सांसद चन्दा चौधरीले तिरहुत गाउँपालिकामा विपन्न परिवारलाई २७५ थान एलपीजी ग्यास चुल्हो, सिलिन्डर र अन्य सामान संयुक्तरूपमा हस्तान्तरण गरेका हुन् ।
सर्लाही, रौतहट र सप्तरी जिल्लाका विपन्न परिवारलाई भारत सरकार द्वारा कुल ३ हजार सेट ग्यास चुलो र १४.२ केजी सिलिन्डर र नियामक तथा पाइप लगायतका अन्य सामान उपहार स्वरुप प्रदान गरिएको हो ।
सर्लाही जिल्लाको कौदेना नगरपालिकामा १९ अप्रिल, २०२३ मा करिब ५०० सेट वितरण गरिएको थियो ।
विजय यादव, तिरहुत गाउँपालिका अध्यक्ष, नरेन्द्र कार्की, सप्तरीका एसपी राधा कायस्थ, उपाध्यक्ष, नेपाल–भारत महिला मैत्री समाज, कार्यक्रममा स्थानीय पत्रकार र अन्य सरोकारवालाहरूको उपस्थिति रहेको थियो ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया