बुद्ध एयरका पाइलटलाई कारबाही
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले बुद्ध एयरका एक जना पाइलटलाई कारबाही गरेको छ ।
हवाई सुरक्षामा आँच आउने गतिविधि गरेको अभियोगमा प्राधिरणले ती पाइलटलाई कारबाही गरेको जनाएको छ । कारबाहीमा परेका पाइलटको नाम भने सार्वजनिक गरिएको छैन ।
जहाज उडाने क्रममा ती पाइलटले फोटो र भिडियो खिचेको उजुरी प्राधिकरणमा परेको थियो ।
पाइलटलाई एक्टिभ ड्युटीबाट हटाइएको प्राधिकरणले उल्लेख गरेको छ । अभियोग लागेका विषयमा प्राधिकरणले पाइलटसँग स्पष्टीकरण सोधेको छ ।
Published : Monday, 2023 June 5, 6:11 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया