बर्दियाका केदार चौधरी पक्राउ

काठमाडौं । बर्दियामा जबरजस्ती करणी गरेको अभियोगमा २४ वर्षीय केदारनाथ चौधरीलाई प्रहरीले पक्राउ गरेको छ ।

२० वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा राजापुर नगरपालिका–५ बस्ने चौधरीलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।

राजापुर नगरपालिका–३ मुरैयामा ती किशोरीलाई जेठ ८ गते चौधरीले जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय राजापुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

Published : Sunday, 2023 May 28, 5:55 am

फेसबुकबाट तपाईको प्रतिक्रिया