ललितपुरको महालक्ष्मीमा लाखौंको चोरी

काठमाडौं । ललितपुर जिल्लामा लाखौं रकम बराबरको चोरी भएको छ ।

महालक्ष्मी नगरपालिका–४ ईमाडोल डेरा गरी बस्ने धनुषाको हंसपुर घर भएका ३९ वर्षीय सर्बेस दासको कोठाबाट ११ लाख बराबरको चोरी भएको प्रहरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

दासको कोठामा कोही नभएको अवस्थामा मूल गेटको ताला फोडी नगद तथा सुनका विभिन्न गरगहना समेत गरी करिब ११ लाख ६ हजार रूपियाँ बराबरको धनमाल बुधबार साँझ चोरी भएको छ ।

प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै चोरीको सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

Published : Thursday, 2023 May 25, 4:30 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया