रास्वपाका नेताहरूद्वारा लाइन लागेर चिनियाँ डीसीएम वाङसँग भेट

काठमाडौं । नेपालको आन्तरिक राजनीतिमा हस्तक्षेप गर्दै आएको आरोप खेपिरहेका बेला नेपालस्थित चिनियाँ दूतावासका डीसीएम वाङ सिनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेताहरूसँग भेटवार्ता गरेका छन् ।

बिहीबार रास्वपाको पार्टी कार्यालय बसुन्धरामा पुगेर वाङले उप–सभापति डोलप्रसाद अर्यालसहितका नेताहरूसँग भेट गरेका हुन् ।

चिनियाँ राजदूतावासका डीसीएम वाङसँगको भेटमा सह–महामन्त्री कविन्द्र बुर्लाकोटी, केन्द्रीय सदस्य प्रतिभारावल लगायत नेता सहभागी थिए ।

छलफलमा नेपालको पछिल्लो राजनीतिक अवस्थाका बारेमा चिनियाँ राजदूतावासका डीसीएम वाङले चासो राखेको बुझिएको छ ।

Published : Thursday, 2023 May 25, 3:40 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया