नर्सिङ, एचए, ल्याब, फार्मेसी र रेडियोग्राफी अध्ययनका लागि ७२ संस्थालाई अनुमति प्रदान
काठमाडौं । चिकित्सा शिक्षा आयोगले प्रमाणपत्र तहका लागि नर्सिङ, एचए, ल्याब, फार्मेसी र रेडियोग्राफी अध्यापनका लागि ७२ वटा शिक्षण संस्थालाई आशयपत्र प्रदान गर्ने निर्णय गरेको छ ।
आयोगका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दहालको अध्यक्षतमा सोमबार बसेको आयोगको पूर्ण बैठकले प्रमाणपत्र तहका लागि विभिन्न विषय अध्यापन गर्ने ७२ वटा संस्थालाई आशय पत्र प्रदान गर्ने निर्णय गरेको हो ।
आशयपत्र पाउनेमा अधिकांश सामान्य चिकित्सा (एचए) पढाउने संस्था रहेका छन् ।
नर्सिङ, मेडिकल ल्याब टेक्नोलोजी, रेडियोग्राफी र डिप्लोमा इन फार्मेसी कलेजहरूले पनि आशयपत्र पाएका छन् ।
आशयपत्र पाएका कलेजहरूले सिटिइभिटी र आयोगको अनुगमनपछि मापदण्ड र पूर्वाधारका आधारमा विद्यार्थी भर्नाका लागि कोटा पाउने छन् ।




बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया