पाँच जना एसपीहरूको सरुवा, तिमिल्सिनालाई सबैभन्दा राम्रो ठाउँ

काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभाग कर्मचारी प्रशासन शाखाले ५ जना प्रहरी उपरीक्षकहरू (एसपी)को सरुवा गरेको छ ।

प्रहरी महानिरीक्षकको जेठ ८ गतेको निर्णयानुसार हाल सरुवा भएको दरबन्दीबाट तलब, भत्ता समेत खान पाउने गरि सरुवा गरिएको सूचनामा उल्लेख छ ।

सरुवा हुने एसपीहरूमा बसन्त रजौरे रहेका छन् । रजौरेको नेपाल प्रहरी सशस्त्र प्रहरी गण नं. १ नक्सालमा सरुवा भएको छ ।

एसपी नवीनराज राईको काठमाडौं उपत्यका सशस्त्र प्रहरी गण नं. २ महाराजगञ्जमा सरुवा भएको छ ।

एसपी चन्द्रदेव राईको काठमाडौं उपत्यका प्रहरी शिक्षालयमा सरुवा भएको छ । एसपी रामप्रकाश शाहको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय वीरेन्द्रनगरमा सरुवा भएको छ ।

एसपी अर्जुनप्रसाद तिमिल्सिनाको नेपाल प्रहरी प्रधान कार्यालय कर्मचारी प्रशासन शाखा नक्सालमा सरुवा भएको छ ।

सरुवा भएका एसपीमध्ये सबैभन्दा राम्रो शाखामा एसपी तिमिल्सिनाको भएको छ । कर्मचारी प्रशासन शाखा निकै महत्वपूर्ण मानिन्छ ।

Published : Tuesday, 2023 May 23, 9:46 am

फेसबुकबाट तपाईको प्रतिक्रिया