प्रहरी परिसर टेकु पुगिन् मञ्जु खाण

काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा प्रतिनिधि सभाकी सांसद मञ्जु खाणले हिरासतमा रहेका पूर्वगृहमन्त्री समेत रहेका आफ्ना पति बालकृष्ण खाणलाई भेट गरेकी छिन् ।

बालकृष्ण खाण नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेपछि केही अनलाइनहरूले चरित्रहत्या हुने गरेर नेतृ मञ्जु खाण अष्ट्रेलिया फरार भएको भनेर समाचार लेखेका थिए । नेतृ मञ्जु खाण भने संसदको बैठकमा उपस्थित भएकी थिइन् ।

सोमबार बिहान मञ्जुले बालकृष्ण खाणलाई प्रहरी परिसर, टेकु, काठमाडौंमा भेट गरेकी हुन् । पूर्वगृहमन्त्री खाण वैशाख २७ गते पक्राउ परेका थिए । खाणले प्रहरीलाई अनुसन्धानमा सहयोग गरिरहेका छन् ।

Published : Monday, 2023 May 22, 11:50 am

फेसबुकबाट तपाईको प्रतिक्रिया