भुटानी शरणार्थी प्रकरणका दोषीहरू थप तीन दिन हिरासतमा बस्ने

काठमाडौं । जिल्ला अदालत काठमाडौंले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाहरूलाई थप ३ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

आइतबार अदालतले पक्राउ परेका १६ जनालाई अनुसन्धान गर्न प्रहरीलाई ३ दिनको अनुमति दिएको हो ।

उनीहरूलाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले समय मागेको थियो । अदालतले तीन दिनको समय दिएको छ ।

नेपालीहरूलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिन्छु भनेर ठगी गरेको आरोपमा प्रहरीले अनुसन्धान अगाडि बढाएको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउप–प्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण, पूर्वगृहसचिव टेकनारायण पाण्डेलगायत १६ जना पक्राउ परेका छन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपित पूर्वगृहमन्त्री रामबहादुर थापाका छोरा प्रतीक थापालगायत फरार छन् ।

Published : Sunday, 2023 May 21, 6:39 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया