प्रधान सम्पादक शर्माले कान्तिपुर दैनिक छाडे, नयाँ सम्पादक नियुक्त

काठमाडौं । प्रधान सम्पादक सुधिर शर्माले कान्तिपुर दैनिक पत्रिका छाडेका छन् ।

शर्मा आइताबर कान्तिपुर दैनिकबाट विदा भएका छन् । शर्मालाई कान्तिपुरका मालिक कैलाश सिरोहियाले विदाइ गरेका छन् ।

कान्तिपुर छाडेपछि सामाजिक सञ्जालमा शर्माले लेखेका छन्, ‘म आजदेखि कान्तिपुरबाट अलग भएको छु । यहाँ काम गर्दा माया र आलोचना गर्ने सबै शुभचिन्तकहरूलाई धेरै–धेरै धन्यवाद, लेखक र पाठकहरूमा नमन ।’

‘कैलाश सर र व्यवस्थापनप्रति आभार । कान्तिपुर न्यूजरुममा एकसेएक उम्दा साथीहरूसँग काम गर्न पाएकोमा मलाई गर्व छ’, शर्मालले भनेका छन्, ‘म लेख्ने–पढ्ने काममै हुन्छु, भेट भइहाल्नेछ ।’

उनले भने, ‘अबको सम्पादकीय जिम्मेवारी उमेश चौहानजस्ता होनहार र प्रतिवद्ध पत्रकारलाई सुम्पेर जान पाउँदा मलाई खुशी लागेको छ, उमेशजीलाई धेरै–धेरै बधाई ।’

‘उहाँले कान्तिपुरको सक्षम टीमको साथमा नयाँ युग सुहाउँदो पत्रकारिता अगाडि बढाउनेमा म विश्वस्त छु, हार्दिक शुभकामना’, शर्माले भनेका छन् ।

शर्माले कान्तिपुर दैनिक छाड्नुको कारण खुलाएका छैनन् । कान्तिपुरले पत्रकार कर्मचारीहरूलाई तलब नदिएको आरोप छ ।

बिबादमा आइरहने कान्तिपुर दैनिकको प्रधान सम्पादकको नेतृत्व उमेश चौहानले लिएका छन् । चौहानले नेतृत्व लिएपछि कान्तिपुर दैनिकको समाचारमा सुधार हुने चर्चा छ ।

Published : Sunday, 2023 May 21, 6:15 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया