फुच्चे जनावरले बुद्धको ठूलो जहाजलाई धोका दियो

काठमाडौं । जनकपुरमा बुद्ध एयरको ठूलो जहाजमा मुसा फेला परेको छ ।

शनिबार बिहान जनकपुरबाट काठमाडौं उड्न लागेको बुद्ध एयरको जहाजमा मुसा फेला परेको हो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार उड्न लागेको जहाजमा यात्रुले मुसा देखेपछि उडान स्थगित भएको थियो ।

४९ जना बोकेर उड्ने तयारीमा रहेको जहाजमा मुसा फेला परेपछि इन्जिनियरहरूले जहाजको परीक्षण गरेका थिए । जहाजको परीक्षण भएपछि उडान गरिएको छ ।

Published : Sunday, 2023 May 21, 9:46 am

फेसबुकबाट तपाईको प्रतिक्रिया