वीपीको नाम भजाएर स्वार्थ नलिन नेताहरूलाई नेतृ सिर्जना सिंहको सुझाव

काठमाडौं । नेपाली कांग्रेसकी नेतृ सिर्जना सिंहले वीपी कोइरालाको नाम भजाएर स्वार्थी नबन्न सुझाव दिएकी छिन् ।

शनिबार सामाजिक सञ्जालमार्फत नेतृ सिंहले वीपी कोइराला र गणेशमान सिंहले समय परिवेशअनुसार राजनीतिक कदम उठाएर मुलुकमा प्रजातन्त्र ल्याउन सफल भएको बताएकी हुन् ।

उनले भनेकी छिन्, ‘कति वीपीको नाम भजाउछौं ? समाज परिवर्तनशील छ । वीपी कम्युनिष्टसंग मिल्न हुँदैन भन्नुहुन्थ्यो ०४६ सालमा गणेशमान सिंहले कम्युनिष्टसँगै मिलेर जनआन्दोलन सफल पारे देशमा संवैधानिक राजतन्त्रसहित प्रजातन्त्र ल्याए ।’

‘राजाले संविधान लत्याई शासन सत्ता आफ्नो हातमा लिए परिणाम जनताले गणतन्त्र ल्याए’, कांग्रेस नेतृ सिंहले भनेकी छिन् ।

Published : Saturday, 2023 May 20, 9:15 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया