भक्तपुरमा जुवातास खेलिरहेको ठाउँमा छापा, नगदसहित पक्राउ

काठमाडौं । प्रहरीले भक्तपुरबाट जुवातास खेलिरहेको अवस्थामा ९ जनालाई पक्राउ गरेको छ ।

सूर्यविनायक नगरपालिका–८ आदर्श बागमती क्ल्ब बस्ने ३६ वर्षीय कालबहादुर पाख्रिनले आफ्नै घरमा संचालन गरेको आरएन खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा पाख्रिनसमेत ५ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।

विशेष सूचनाको आधारमा प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७७ हजार रूपियाँ र १ बुक ताससहित फेला पारी पक्राउ गरेको हो ।

यसैगरी, चाँगुनारायण नगरपालिका–६ नगरकोट फेदीस्थित सोही नगरपालिका–२ ब्यासी बस्ने २९ वर्षीय बलराम सुवालको अनुग्रह गेष्ट हाउसमा जुवातास खेलिरहेको अवस्थामा सुवालसमेत ४ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी प्रभाग खरीपाटीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ७४ हजार १ सय ३० रूपियाँ र ३ बुक ताससहित फेला पारी पक्राउ गरेको छ ।

Published : Saturday, 2023 May 20, 7:31 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया