देउखुरीको महदेवाका भागीराम चौधरी पक्राउ

काठमाडौं । प्रहरीले डाँचा चोरी मुद्दाका फरार व्यक्ति दाङको देउखुरीका ५२ वर्षीय भागीराम चौधरीलाई पक्राउ गरेको छ ।

खोजतलास गर्ने क्रममा चौधरीलाई गढवा गाउँपालिका २ महदेवाबाटपक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ । उनी जेठ ५ गते पक्राउ परेका हुन् ।

चौधरीलाई २०६० सालको चैत २ गते जिल्ला अदालत दाङले डाँका चोरी मुद्दामा ४ वर्ष ११ महिना २ दिन कैद फैसला गरेको थियो । पुनारावेदन अदालत तुलसीपुरले ७६ हजार ५० रुपियाँ जरिवाना असुल गर्न आदेश दिएको यियो ।

Published : Friday, 2023 May 19, 10:23 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया